लस एन्जेलस-अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ।
शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको फक्स न्युज च्यानलले समाचार प्रसारण गरेको छ।
दुर्घटनामा परी एकजना विमान चालक र अर्का सहचालकको मृत्यु भएको सो समाचारमा जनाइएको छ ।
पेन्टागनका सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेसन एस ब्राउनले भने, ‘घटनाका बारेमा अहिले अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक रुपमा हेर्दा हेलिकोप्टर दुर्घटनामा परेको पाइएको जनाएको छ।’
नियमित प्रशिक्षण तालिकाअनुसार उडान भइरहेका बेला हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ। घटनास्थल लस एन्जेलसदेखि २४० किलोमिटर टाढा पर्दछ।