सचिवालय पुगेलगत्तै प्रदेश ७ का प्रमुखले सोधे-फोटो खिचाउने व्यवस्था खोइ ?

सचिवालय पुगेलगत्तै प्रदेश ७ का प्रमुखले सोधे-फोटो खिचाउने व्यवस्था खोइ ?
+
-

धनगढी – पदभार ग्रहणका लागि प्रदेश प्रमुखको उत्तरबेहडी स्थित सचिवालयमा दिउँसो २ बजे पुगेका प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्लले गाडीबाट झरेलगत्तै फोटो खिचाउने व्यवस्था खोई भन्दै प्रश्न गरेका थिए ।

उनको स्वागतमा खटिएको क्षेत्रिय प्रशासक लक्ष्मीराम पौडेल लगायतको टोलीले फोटो खिचाउनका लागि पत्रकार बोलाएको जानकारी उनलाई गराएका थिए ।

क्यामरा बोकेका पत्रकार देखेपछि मल्लको मुहार चम्किलो देखिएको थियो । क्षेत्रीय प्रशासकले फोटो खिच्नु अघि सेनाको सलामी अर्पणका लागि मल्ललाई आग्रह गरेका थिए ।

मल्लले सचिवालयमा आउनुअघि वनदेवी मन्दिर छेउमा रहेको सरकारी आवासमा गएर खाना खाएका थिए । त्यहाँ पुगेका समर्थक सुभेच्छुकहरुसँग सेल्फी खिचेका मल्लले तस्बिरलाई भाइरल बनाउन आग्रह गरेका थिए ।

पदभार ग्रहण गरिसकेपछि पत्रकारहरुसँग परिचय सहित संक्षिप्त कुराकानी गरेका मल्लले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

उनले बुढेसकालमा आफूले पाएको जिम्मेबारी कुशलतापुर्वक निभाउने बताए । आफूले जीवनभर निश्कलंक राजनीति गरेको बताएका मल्लले मुख्यमन्त्रीको कुशल सल्लाहकार भएर काम गर्ने बताए ।

शपथ समारोहमा २ सांसद अनुपस्थित

आइतबार प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जिल्ला समन्वय समितिको सभा हलमा रहेको प्रदेशसभा भवनमा प्रदेश नम्बर ७ का ५१ जना प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रदेशसभामा ५३ जना सदस्य रहे पनि दुईजना भने अनुपस्थित रहे ।

छोरीको विवाह भएका कारण डोटीका भरत खड्का र काठमाडौंबाट आउन नसकेपछि कैलालीकी सांसद चुनकुमारी चौधरी शपथ कार्यक्रममा उपस्थीत भएनन् ।

प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ठ सांसद दिव्येश्वरी शाहलाई शपथ खुवाएपछि शाहले उपस्थित अन्य सबै सांसदहरुलाई शपथ खुवाएकी हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?