
काठमाडौं- कवि सुनिता खनाल ‘ओ नायक’ कविता संग्रह लिएर आएकी छन्। उनको यो पहिलो कविता संग्रह हो।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा कवि श्यामल, श्रवण मुकारुङ, मोमिला र कवि खनालकी आमाले संयुक्त रुपमा कविताको विमोचन गरे।
कार्यक्रमको पहिलो सत्रमा ‘आजका कविता’ विषयमा श्यामल र मुकारुङले अन्तरक्रिया गरेका थिए।
श्यामलले अहिले लेखिएका धेरै कविताहरु नै शंकाको घेरामा रहेको बताए।
उनले, ‘काठमाडौंमा बसेर जुम्लाको वास्तविकता कवितामा प्रतिबिम्बित हुन् नसक्ने बताए’।
कविता विमोचनपछिको दोश्रो सत्रमा बोलेकी कवी मोमिलाले खनालका कविता शशक्त भएको बताइन्। नयाँ पुस्ताका कविहरुमा उनका कविता अब्बल रहेको भन्दै उनले प्रशंसा गरिन्।
कविता संग्रहलाई चार खण्डमा विभाजित गरिएको छ। जसमा समसामहिक र राजनीतिक, प्रेम, नारी र अन्य रहेका छन्।
संग्रहमा प्रकाशित र अप्रकाशित गरी ३६ वटा कविता रहेका छन्।
फिनिक्स बुक्सले प्रकाशन गरेको ‘कविता संग्रहको मूल्य २५० रुपैयाँ रहेको छ ।