रियल मड्रिडले गर्यो गोलको वर्षा, रोनाल्डो, बेल र नाचो चम्किए

रियल मड्रिडले गर्यो गोलको वर्षा, रोनाल्डो, बेल र नाचो चम्किए
+
-

मड्रिड –स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता रियल मड्रिडले शानदार जित दर्ता गरेको छ ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल चम्किएको खेलमा रियल मड्रिडले डिप्रोटिभो डी ला कोरुनालाई ७–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन रोनाल्डो, बेल र नाचोले समान दुई दुई गोल गरे ।

यस्तै लुका मोड्रिकले एक गोल थपे । डिप्रोटिभोका लागि एड्रिएन लोपेजले एक गोल गरे । खेलमा अग्रता भ्रमण टोली डिप्रोटिभोले लिएको थियो । २३ औँ मिनेटमा लोपेजको गोलबाट डिप्रोटिभोले अग्रता लिएको हो ।

तर ३२ औँ  मिनेटमा नाचोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । ४२ औँ मिनेटमा बेलले व्यक्तिगत पहिलो गोल गरे पछि पहिलो हाफमा रियलले २–१ को अग्रता लियो ।

दोस्रो हाफमा जिनेदिन जिदानको टिम रियल मड्रिडले थप पाँच गोल गर्यो । ५८ औँ मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल तथा ६८ औँ मिनेटमा मोड्रिकले गोल गरेपछि रियलको अग्रता ४–१ मा पुग्यो ।

त्यसपछि रोनाल्डोले लगातार दुई गोल गरे । उनले ७८ र ८४ औँ मिनेटमा गोल गर्दै रियललाई ६–१ को अग्रता दिलाए । ८८ औँ मिनेटमा नोचोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ७–१ ले विजयी भयो ।

लिगमा गएको डिसेम्बर ९ पछि रियलको यो पहिलो जित हो । जितपछि १९ खेलबाट ३५ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । तर शीर्ष स्थानको बार्सिलोना भन्दा उ १९ अंकले पछि रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?