
इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले जावी ग्रासियालाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । मार्को सिल्भालाई बर्खास्त गरेको केही घण्टापछि नै ग्रासियालाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
स्पेनिस ग्रासियाले वाट्फोर्डसँग १८ महिनाको सम्झौता गरेका छन् । उनी गएको जुनमा रसियन क्लब रुविन कजान छोडेसँगै काम बिहीन थिए ।
४७ वर्षे ग्रासियाले त्यसअघि दुई सिजन स्पेनिस ला लिगा क्लब मालागाको जिम्मेवारी सम्हालेका थिए । उनले ग्रिसमा पनि प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी सन् २०१२ यता वाट्फोर्डको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने १० औँ व्यक्ति हुन् ।