धनगढीमा आफ्नो घर आफै भत्काउनेलाई दोसल्ला ओढाएर सम्मान

धनगढीमा आफ्नो घर आफै भत्काउनेलाई दोसल्ला ओढाएर सम्मान
+
-

धनगढी – धनगढीमा मोहनापुल–अत्तरिया सडकको सीमाभित्र रहेका आफ्ना घर आफै भत्काएका घरधनीलाई फुलमालासहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

युवा दबाव समूहले सोमबार ६ लेन सडकमा परेका संरचना स्वस्फुर्त रुपमा भत्काउने घरधनीका लागि सम्मान कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा स्वस्फुर्त रुपमा घर भत्काएर सडकको निर्माणमा सहजीकरण गरेका १९ जनालाई अविर लगाउँदै दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

धनगढी चौराहामा आयोजना गरिएको कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले मीनकाजी श्रेष्ठको जस्तै अरु रिट निवेदनकर्तालाई पनि विकासका लागि ठूलो हृदय देखाउन आग्रह गरे ।

यस्तै युवा दबाब समूहले रिट निवेदन दिएर क्षतीपुर्ती माग गरेका घर धनीहरुका लागि भन्दै सांकेतिक रुपमा एक रुपैया संकलन गरेको छ । ट्राफिक चोकमा बाकस राखेर नै एक रुपैयाँ अभियान सुरु गरिएको हो । अभियानका संयोजक तथा दृष्टिबिहीन युवा अर्जुन रावलले आफुहरुले सांकेतिक रुपमा यस्तो अभियान सुरु गरेको बताए ।

धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका छन् ।

यता मोहनापुल–अत्तरिया सडकको संरचना भत्काउने कार्य रोक्न भन्दै सर्वोच्चमा रिट निबेदन दिएका १३ जना मध्येका एकजना मीनकाजी श्रेष्ठले आफ्नो मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।

६ लेन सडकको निर्माणमा अवरोध नगर्न भन्दै दबाब दिनका लागि गठन भएको युवा दबाब समूहको कार्यक्रममा उपस्थित भएर श्रेष्ठले आफु विकासको विरोधी हुन नचाहेकाले मुद्दा फिर्ता लिएको बताए । उनको श्रेष्ठ गेष्ट हाउस भएको घर पनि सडकको सीमामा परेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?