मोरङ-प्रदेश नम्बर-१का प्रमुख प्रा.डा गोविन्द सुब्बा अस्थायी केन्द्र विराटनगरमा एक रात बसे लगत्तै राजधानी काठमाडौं फर्किएका छन्।
शनिबार विराटनगर आएका प्रमुख सुब्बा आइतबार आयोजित प्रदेश सभासदस्यलाई पद तथा गोपनियताको सपथ गराएपछि काठमाडौं फर्किएका हुन्।
‘प्रदेश प्रमुख चार/पाचदिनभित्र विराटनगर फर्किहाल्नुहुन्छ, केही कार्य बाँकी रहेको छ’ प्रमुख निकट तुलसी गौतमले देशसञ्चारलाई जानकारी दिए।
उनले भने, ‘घरायसी कार्य पनि मिलाउनु पर्नेछ, त्यसै गरी अबको कार्यदिशामा कसरी अघि बढ्ने विषयमा यहा विभिन्न मन्त्रालयमा छलफल हुनेछ।’
साथै प्रदेश कार्यका विषयमा आन्तरिक सर सल्लाह र तयारी गर्ने उनको भनाइ थियो।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































