काठमान्डाै- अाफुविरुद्ध इन्टरपाेलले डीफ्युजन नाेटिस जारी गरेपछि पुर्व डीअाइजी नवराज सिलवालले सत्ताशिन दलतर्फ लक्ष्यित गर्दै कडा प्रतिक्रिया दिएका छन्।
‘कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन। अझै पनि उसको निरंकुश शासन शैली कायमै छ’,मगलबारबिहान करिब तीन बजे सिलवालले एक अनलाइनकाे समाचार सेयर गर्दै सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्।
प्रहरी प्रमुख बन्न सिलवालले कार्य सम्पादन मुल्याकन फाइल कीर्ते गरी पेश गरेकाे अाराेपमा उनीमाथी छानबिन भइरहेकाे छ। तर उनी पक्राउ पर्न नसकेपछि इन्टरपाेललाइ डीफ्युजन नाेटिस जारी गर्न अाग्रह गरेकाे थियाेे।
सम्बन्धित समाचारहरु…
सांसद सिलवालको पक्षमा उभियो एमाले