काठमाडौं– काठमाडौं जिल्ला अदालतले नेपाल निर्माण ब्यवशायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको आरोपमा पक्राउ परेका ११ मध्ये नौ जनालाई जेल चलान गर्यो।
सोही आरोपमा मंगलबारमात्र मुख्य सुटर श्याम गोम्बे गुरुङ पक्राउ परेका थिए। काठमाडौं प्रहरी परिसरले सरकारी वकिललाई बुझाएको मिसिलमा गोम्बेको नाम उल्लेख गरेपनि अन्य विवरण थिएन।
त्यसले परिसरले अब गोम्बेलाई अदालतबाट म्याद लिएर बढीमा २४ दिन हिरासतमा राखेर सरकारी वकिललाइ मुद्धा बुझाउन सक्ने छ। ्
प्रहरीले यसअघि पक्राउ परेका ११ जनालाई संगठित अपराधमा ६० दिन हिरासतमा राखेर मिसिल बुझाएको थियो। गौचनको गत असोजमा काठमाडौंको शान्तीनगरमा दिनदहाडै गोली हानी हत्या भएको थियो।
सम्बन्धित समाचारहरु…