
काठमाडौं- राजपा र संघीय समाजवादी फोरमसँग प्रदेश नम्बर-२ बाट राष्ट्रियसभाको गठबन्धनको लागि भएको वाम गठबन्धन (एमाले-माओवादी)को प्रयास असफल भएको छ।
राजपा-फोरमले गठबन्धनको लागि राष्ट्रिय पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनसहित प्रदेश-२ को संरचना हेरफेरको प्रस्ताव राखेपछि वाम गठबन्धनको प्रयास असफल भएको हो।
बैठकपछि एमालेका वरिष्ठ नेता सुवास नेम्वाङले मंगलबार दिउँसो देशसञ्चारसँग भने, ‘राजपा-फोरमले प्रदेश-२ को संरचना नै प्ररिवर्तन गर्नु पर्ने र संविधान संशोधनको मुख्य प्रस्ताव ल्याएपछि हामी गठबन्धनको लागि सहमत भएनौँ।’
यो असफलतासँगै उपेन्द्र यादवको संघीय समाजवादीसँग मिलेर संसदमा वाम गठबन्धनले दुई तिहाइ पुर्याउने केपी ओलीको योजनामा पनि धक्का लागेको छ।