
लिबियाको बेनगाजी शहरमा दुईवटा कार बम विस्फोट हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । बेनगाजी शहरको एक मस्जिद नजिकै विस्फोट भएको हो ।
केही मिनेटको अन्नतरालमा मस्जिद नजिकै दुईवटा कार बम विस्फोट भएको हो । विस्फोटनमा परि २० देखि ३० जना घाइते भएको खबर आएको बिबिसीले जनाएको छ ।
मंगलबार बेलुकाको प्राथना सकेर मस्जिदबाट बाहिर निस्किएका सर्वासाधारण नागरिकलाई लक्षित गरी पहिलो कार बम विस्फोट भएको हो । त्यसको केही मिनेटपछि त्यहि ठाउँमा अर्को विस्फोट भएको हो ।
घटनामा ज्यान गुमाउनेमा सुरक्षाकर्मी तथा सर्वासाधारण नागरिक रहेका छन् । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।