जनप्रतिनिधि तलब भत्ता बुझ्न हतारिएपछि

जनप्रतिनिधि तलब भत्ता बुझ्न हतारिएपछि
+
-

दाङ – जनप्रतिनिधि आएपछि विकासको ढोका खुल्छ, दुःखका दिन हट्छ भन्ने धेरैको बनेको छ । तर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको ध्यान जनतालाई सेवा सुविधा दिने भन्दा आफ्नै तलब भत्ता तोक्ने र बुझ्नमा पुग्ने गरेको पाइएको छ ।

दाङको एक नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तलब भत्ता आफै तोकेर बुझेको विवरण प्राप्त भएको छ । गत भदौ २७ र २८ गते लमहीमा सम्पन्न प्रथम नगरसभाको बैठकले जनप्रतिनिधिको तलब भत्ता तोकेको र साउनदेखि मंसिरसम्म पाँच महिनाको तलब भत्ता बुझिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र डाँगीले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

नगरबासीले निर्वाचित गरेका जनप्रतिनिधिले आफ्नो तलब भत्ता आफै तोकेर बुझ्न हतारो गरेको भन्दै आलोचना सुरु भएको र त्यस बारेमा नगरपालिकासँग सूचना माग्दा उपलब्ध नभएपछि पत्रकार केपी घिमिरेले लिखित सूचना माग गर्दै पुस २४ गते लिखित रुपमा सूचना माग गरे ।

सोही निवेदनको आधारमा नगरपालिकाले निवेदन दर्ता भएको १६ दिन पछि उपलब्ध गराएको सूचनामा नगरप्रमुखले मासिक ३५ हजार, उपप्रमुखले ३० हजार, वडा अध्यक्षले २५ हजार र सदस्यले मासिक पाँच हजार रुपैयाँ गएको साउनदेखि मंसिरसम्म खाईपाई आएको उल्लेख छ ।

तर नगरपालिकाले उपलब्ध गराएको सूचना अधुरो रहेको भनाई घिमिरेको छ । ‘एउटा सचेत नागरिकले निरवाह गर्नुपर्ने भूमिका निर्वाह गरेको हुँ, नगरसभाले गरेका निर्णय सबै सार्वजनिक हुनुपर्ने थियो, त्यस अनुसार सूचना सार्वजनिक नभएपछि लिखित रुपमा निवेदन दर्ता गरेर सूचना माग्नु परेको हो’ घिमिरेले भने ‘निवेदन दर्ता गर्दा प्रमाणीत प्रतिलिपि मागेको थिएँ, तर अहिले उपलब्ध गराइएको सूचनामा प्रमाणित प्रतिलिपि दिइएको छैन्, नगरपालिकाको लेटरप्याडमा मात्रै जानकारी मात्रै दिइएको छ । अधुरो सूचना प्राप्त भएको छ ।’

प्रथम नगरसभाको बैठकबाट गरिएका निर्णयहरु नगरपालिकाको वेबसाईडमा पनि राखिएको छैन् । त्यतिबेला गरिएका निर्णयहरु सार्वजनिक नहुँदा नागरिकको सूचनामा पहुँच पुग्न सकेको छैन।

पुसदेखि मासिक पारिश्रमीक स्थगित

लमही नगर कार्यपालीकाको पुस २० गते सम्पन्न बैठकले पुसदेखि नगरपालिकाका पदाधिकारीको मासिक पारिश्रमीक सेवा सुविधा स्थगित गर्ने निर्णय गरेको छ । नगरपालिकाले उपलब्ध गराएको सूचनामा अर्काे व्यवस्था नभएसम्म नगरपालिकाका पदाधिकारीको पारिश्रमीक, सेवा सुविधा स्थगित गर्ने निर्णय भएको उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?