मोरङ-प्रदेश नम्बर एकमा राष्ट्रिय सभासदस्यका लागि कुल १२ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको विराटनगरस्थित प्रदेश नम्बर एकको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार खुल्लातर्फ ४ जनाको उम्मेदवारी परेको छ। जसमा एमालेले मोरङ केराबारीका खड्गबहादुर बस्नेत, संखुवासभाका परशुराम मेघी गुरुङ र झापा विर्तामोडका हरिचरण शिवाकोटी रहेका छन्।
यस्तै नेपाली कांग्रेसबाट सुन्दरहरैंचाका नेता रमेशजङ्ग रायमाझीको उम्मेदवारी परेको छ। महिलातर्फ भने ३ जनाको उम्मेद्वारी परेकोछ।
जसमा नेपाली कांग्रेसले कृषी राज्यमन्त्री सरिता प्रसाईको उम्मेदवारी दर्ता गराएकोछ। प्रसाई झापा निवासी हुन्। त्यसैगरि महिलामा एमालले नैनकला ओझाको उम्मेदवारी दर्ता गराएकोछ। ६१ बर्षिया श्रेष्ठ मोरङ सुनवर्षी नगरपालिका निवासी हुन्।
नेकपा माओवादी केन्द्रबाट पूर्वसभासद् सावित्री काफ्लेकी श्रीमती बीना पोखरेल उम्म्देवार भएकी छिन्। मोरङ बेलबारी नगरपालिका निवासी ४६ वर्षिया पोखरेलको उम्मेद्वारीलाई लिएर प्रदेश कार्यकर्तामा तिव्र असन्तुष्टि रहदै आएकोछ।
त्यसैगरी, दलिततर्फ एमाले विराटनगर महानगरपालिकाका पूर्व कर्मचारी खेमराज नेपालीलाई उम्मेदवार बनाएको छ। ५४ वर्षीय नेपाली विगत २८ वर्षदेखि महानगरपालिकामा कार्यरत रहेका थिए। उनले गत महिना पौषमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जागिर छाडेको बताइएकोछ।
त्यसैगरी, नेपाली कांग्रेसबाट झापा अर्जुनधाराका विनकुमार विश्वकर्माको उम्मेदवारी परेको कार्यालयले जनाएकोछ। अल्पसंख्यक तर्फ भने तीन जनाको उम्मेदवार परेकोछ। कांग्रेसले विराटनगरका महेश जाजुलाई उम्मेदवार बनाएको छ। ५६ वर्षीय जाजु उद्योगी व्यवसायी हुन्।
त्यसैगरी, एमालेबाट इलाम नगरपालिकाका अगमप्रसाद बान्तवाको उम्मेदवारी परेकोछ। अल्पसंख्यकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले अनुपमा देवी साहको उम्मेदवारी दिएकोछ। साह केन्द्रीय सदस्य दिनेश साहकी श्रीमति हुन्। यसअघि दिनेश साह आफै पनि प्रतिनिधि सभासदस्यको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार थिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































