रोनाल्डो र बेल बिनाको रियल मड्रिड हार्‍यो, प्रतियोगितबाटै बाहिरियो

रोनाल्डो र बेल बिनाको रियल मड्रिड हार्‍यो, प्रतियोगितबाटै बाहिरियो
+
-

रियल मड्रिडले यो सिजन च्याम्पियन्स लिगमा राम्रो गर्दै आए पनि घरेलु प्रतिस्पर्धामा कमाजोर देखिँदै आएको छ । पछिल्लो पटक बुधबार राति स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा लेगानेससँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ ।

च्याम्पियन्स लिगमापहिलो लेगमा १–० ले विजयी भएको रियल मड्रिड बुधबार राति घरेलु मैदानमा भएको खेलमा लेगानेससँग २–१ ले पराजित भयो । समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लेगानेस सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । ३१ औँ मिनेटमा जावियर एरासोले गोल गर्दै पहिलो हाफमा लेगानेसलाई १–० को अग्रता दिलाए ।

च्याम्पियन्स लिगमारियलका लागि ४७ औँ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि एप्पेल्ट पिरेसले गोल गर्दै लेगानेसलाई फेरि अग्रता दिलाए । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना खेलेको रियल मड्रिडले त्यसपछि गोल गर्न सकेन ।

च्याम्पियन्स लिगमासमग्रमा २–२ को बराबरी भए पनि अवे गोलका कारण लेगानेसले अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो । १९ पटक कोपा डेल रेको उपाधि जितेको रियल मड्रिड यसपटक भने क्वाटरफाइनलबाटै बाहिरियो ।

च्याम्पियन्स लिगमारियल मड्रिडले यो सिजन अहिलेसम्म ला लिगाका चार खेलमा हार बेहोरिसकेको छ । उ ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि रहेको छ ।

च्याम्पियन्स लिगमायो सिजन रियलको उपाधि आशा अब च्याम्पियन्स लिगमा मात्रै छ । उसले अन्तिम १६ मा कडा प्रतिस्पर्धी पेरिस सेन्ट–जर्मेनको समाना गर्नु पर्नेछ । पहिलो लेगमा रियलको मैदानमा आउँदो फेब्रुअरी १४ मा हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?