
सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी संलग्नताको विषयमा भइरहेको अनुसन्धानका क्रममा अनुसन्धानकर्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अन्तवार्ता गर्ने तयारी गरेका छन् । राष्ट्रपति ट्रम्पले आफू त्यसका लागि तयार रहेको बताएका छन् ।
सन् २०१६ को नोभेम्बरमा भएको चुनावमा रुसले दखल दिएको विषयमा अहिले न्याय मन्त्रालयका विशेष कानुन व्यवसायी (वकिल) रोबर्ट म्युलरको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।
संघीय जाँच आयोग (एफबिआई) तथा अमेरिकी गुप्तचर निकाय सिआइबीले यसअघि गरेका अनुसन्धानमा राष्ट्रपति चुनावमा रुसी दखल रहेको देखिएको थियो ।
अहिले विशेष वकिल म्युलरको नेतृत्वमा यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । यसक्रममा अनुसन्धानकर्ताले ट्रम्प प्रशासनका महान्यायाधीवक्तासँग अन्तर्वाता गरिसकेको छ ।
अबको दुई देखि तीन हप्ता भित्रमा म्युलरले राष्ट्रपति ट्रम्पसँग यसविषयमा अन्तर्वार्ता गर्ने तयारी रहेको छ । ह्वाइट हाउसमा पत्रकारसँग बोल्दै राष्ट्रपति ट्रम्पले आफू त्यसका लागि तयार रहेको र जति सके चाँडो अन्तर्वार्ता भए हुने जस्तो लागेको बताए । आफू अनुसन्धानको क्रममा आउने प्रश्नको समाना गर्न तयार रहेको ट्रम्पको भनाई छ ।
तर ट्रम्पले अनुसन्धान भइरहे पनि अमेरिकी चुनावमा रुसी दखल भने नरहेको फेरि हो¥याए । राष्ट्रपति चुनावमा ट्रम्पलाई सहयोग तथा डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनलाई असहयोग हुने गरी रुसले हस्तक्षेप गरेको आरोप छ । रुसले यो आरोप अस्वीकार गर्दै आएको छ ।