चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा

चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा
+
-

आर्सेन वेङ्गरको टिम आर्सनल एलेक्स सान्चेज म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएपछि आफूलाई थप बलियो रुपमा प्रस्तुत गर्दै आएको देखिएको छ ।

लिग कप (काराबाओ कप) अन्तर्गत बुधबार राति भएकोा सेमिफाइनलको दोस्रो लेगमा कडा प्रतिस्पर्धी चेल्सीलाई २–१ ले हराउँदै समग्रमा २–१ कै जितसहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनल सुरुमा पछि परेर पनि चेल्सीलाई हराउन सफल भएको हो ।

सातौँ मिनेटमा नै इडन हजार्डले गोल गर्दै भ्रमण टोली चेल्सीलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको पाँच मिनेटपछि चेल्सीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को भयो ।

पहिलो हाफमा १–१ बराबरी भएको खेलमा ६७ औँ मिनेटमा ग्रानिट जाकाले गोल गर्दै आर्सनललाई २–१ के जित दिलाए । यो जितसँगै आर्सनलले फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ ।

सान्चेज म्यानचेस्टर युनाइटेड गएको दुई दिनपछि नै आर्सनल प्रभावशाली जित निकाल्दै लिग कपको फाइनलमा पुगेको हो । फाइनल खेल आउँदो फेब्रुअरी २५ मा वेम्बलीमा हुनेछ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’