नेइमार बिनाको पिएसजी विजयी, कीर्तिमानका लागि पर्खिँदै काभानी

नेइमार बिनाको पिएसजी विजयी, कीर्तिमानका लागि पर्खिँदै काभानी
+
-

स्टार स्ट्राइकर नेइमार बिनाको खेलमा पनि प्रभावशाली जित निकाल्दै पेरिस सेन्ट–जर्मेन ( पिएसजी ) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा पुगेको छ ।

चोटका कारण मैदान बाहिर रहेका नेइमार बिना खेलेको पिएसजीले बुधबार राति भएको खेलमा ग्याङ्गोङलाई ४–२ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

यो खेलमा एडिसन काभानीले भने खेलेका थिए । तर उनले गोल गर्न सकेनन् । पिएसजीका लागि राबिओट, पास्तोरी र माक्र्युन्होसले गोल गरे । यस्तै ग्याङ्गोङका डेउक्सले आत्मघाति गोल गरे ।

ग्याङ्गोङका लागि थुराम र एनग्बाकोटोले गोल गरे । नेइमार थाइ इन्जुरीका कारण लगातार दुई खेलमा मैदान बाहिर रहे ।

काभानीले यो खेलमा गोल गर्न नसक्दा पिएसजीको सर्वाकालीन सर्वाधिक गोलकर्ता बन्नका लागि कम्तिमा अर्को खेल पर्खिनु पर्ने भएको छ । उनले एक सय ५६ गोल गरेर जाल्टन इब्राहिमोविचको कीर्तिमानमा बराबरी गरेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’