
देश सञ्चार
माघ ११, २०७४
अ
+
अ
अ
-
भक्तपुर – भक्तपुरको नलिनचोकमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
बुधबार राति साढे ८ बजे ना ६ ख ३९१९ नम्बरको ट्रिपरले बा ६८ प ४४७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३९ वर्षे प्रकाश मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका काभ्रेको बनेपाका मानन्धरको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले पक्रेको छ ।

