
उत्तर कोरियाको महिला आइस हक्की टिमका खेलाडी दक्षिण कोरिया पुगेका छन् । आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर (शीतकालीन) ओलम्पिकमा साझा झण्डा लिएर मार्च गर्नका लागि संयुक्त टिम बनाउन उत्तर कोरियाली खेलाडी दक्षिण कोरिया पुगेका हुन् ।
उत्तर कोरियाका १२ महिला खेलाडी पदाधिकारीसहित दक्षिण कोरिया पुगेका हुन् । उनीहरुले अब दक्षिण कोरियाका खेलाडीसँग मिलेर संयुक्त टिम बनाई तालिम सुरु गर्ने छन् ।
दुई देशका उच्च अधिकारीबिच जनवरीको सुरुमा भएको वार्तामा उत्तर कोरियाका खेलाडी विन्टर ओलम्पिकमा सहभागी हुने र उद्घाटनमा साझा झण्डा लिएर मार्चपास गर्ने सहमति बनेको थियो ।
त्यहि समहमति अनुसार उत्तर कोरियाका खेलाडी संयुक्त अभ्यासका लागि दक्षिण कोरिया पुगेका हुन् । बिग्रिँदै गएको दुई कोरियाबिचको सम्बन्ध सुधारका लागि विन्टर ओलम्पिक राम्रो माध्यम बन्ने देखिएको छ ।
सम्बन्धित समाचारहरु…
उत्तर कोरियाका २२ खेलाडी दक्षिण कोरिया जाने