दिनको एक खिल्ली चुरोट पनि स्वास्थ्यका लागि घातक !

दिनको एक खिल्ली चुरोट पनि स्वास्थ्यका लागि घातक !
+
-

के तपाई दिनहुँ चुरोट पिउँदै हुनुहुन्छ ? होस गर्नुस् बेलायतका वैज्ञानिकहरुले दिनको एक खिल्ली चुरोट पिउनु पनि स्वास्थ्यका लागि हानिकारक र घातक बन्‍ने बताएका छन्।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित जर्नलमा वैज्ञानिकहरुले भनेका छन्, ‘चुरोटको मात्रा घटाएर धुमपानका कारण स्वास्थ्यमा पर्ने हानि कम गर्न सकिँदैन त्यही भएर पूर्ण रुपमा चुरोट सेवन रोक्न नै जरूरी छ।

अनुसन्धानकर्ताहरूका अनुसार दिनको २० खिल्ली चुरोट सेवन गर्ने मानिसले एक खिल्ली मात्र चुरोट पिउँदा समेत स्वास्थ्यमा उल्लेखनीय जोखिम बढ्‍छ।

उनीहरूका अनुसार चुरोट सेवन पूर्ण रुपमा नगर्दा पुरूषको हकमा मुटुको रोग वा मस्तिष्कघातको जोखिम आधा हुन्छ भने महिलाको हकमा दुई तिहाइले कम हुने बीबीसीले उल्‍लेख गरेको छ।

चुरोट सेवन रोक्दा फोक्सोको क्यान्सरको जोखिम पनि नाटकीय रूपमा कम हुने उनीहरुको तर्क छ।

यसका साथै अनुसन्धानकर्ताहरुले एकदमै न्यून मात्रामा भए पनि सुर्तीको धुँवाले मुटु, फोक्सो र रक्तनलिका कामहरूलाई असर गर्न सक्ने दाबी समेत गरेका छन्। जसका कारण धूमपानले १० मध्ये एकको मृत्यु
हुने गरेको जिकिर गरेका छन्।

दिनको एक खिल्लीमात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिसभन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरूको भनाई छ।

१४१ वटा अध्ययनको विश्लेषणले दिनको २० खिल्ली चुरोट पिउने बानी भएका १०० जना मध्यम उमेर भएका व्यक्तिमध्ये ७ जनालाई हृदयाघात वा पक्षघात हुनसक्ने देखाएको छ।

तर यदि मात्रा घटाएर दिनको एउटा मात्र चुरोट सेवन गर्ने हो भने पनि ३ जनालाई हृदयाघात हुने उक्त अध्ययनले संकेत गरेको छ।

यसैगरी उनीहरूका अनुसार पछिल्लो अध्ययनले धुमपानको सुरक्षित मात्रा नरहेको देखाएको छ। तर एक जना विज्ञले चाहिँ चुरोट सेवनको मात्रा घटाउँदै जाने मानिसहरूले पूर्ण रुपमा धुमपान त्याग्न सक्ने उल्लेख गरेका छन्।

वैज्ञानिकहरूका अनुसार धुमपानका कारण हुने ४८ प्रतिशत अल्पायुको मृत्यु क्यान्सर नभइ मुटु सम्बन्धी रोगहरूका कारण हुने गर्छ।

यता, बेलायतमा पनि चुरोट पिउने मानिसहरूको संख्या घटिरहेको भए पनि दिनको एक खिल्लीदेखि पाँच खिल्लीसम्म चुरोट सेवन गर्ने मानिसहरूको अनुपात भने द्रुत गतिमा बढिरहेको अनुसन्धानकर्ताहरूले औल्‍याएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?