
मोरङ-विराटनगरको मुख्यबजारस्थित एक कपडा पसलमा केहीदिन अघि आगलागी भयो। जसमा करिब ४० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनायो। त्यसैगरि, तिनटोलियास्थित मदन ढकालले सञ्चालन गर्दै आएको गाइगोठ नजिक परालको टालमा आगलागी भयो। कुनै अप्रिय घटना नभएपनि उनको आधा महिनाको फाइदा खरानी भयो। यी त घटनाको प्रतिनिधि पात्र मात्र भए।
दुवै आगलागी नियन्त्रणका लागि नगरकै पुष्पलाल चौकस्थित वारुणयन्त्र कार्यालयबाट दमकलपनि आए। तर, एकैपटक आगलागी नियन्त्रणमा लिन सकिएन्। ५ हजार लिटरको ट्याङकरको पानीले नियन्त्रण हुन नसकेपछि अर्को दमलक बोलाउनु पर्यो। समय लाग्दा त्यहा आगोले थप क्षति पुर्यायो।
कम्तीमा पनि सडक किनारमा पानी तान्नका लागि राखिएका फायर हाइड्रेन्टलाई सञ्चालनमा ल्याउन सकिए आगलागी नियन्त्रणका लागि सहज हुने वारुणयन्त्र कार्यालय विराटनगरका प्रमुख सुभाषकुमार क्षेत्रि बताउ“छन्।
तीन दशकअघि नगरको सडकमा तत्कालिन खानेपानी कार्यालयले कम्तीमा ३५ वटा हाइड्रेन्ट सञ्चालनमा ल्याएको थियो। तर, हाल ति सामाग्री सडकमा खोज्नुपर्ने अवस्था रहेकोछ।
दुइदशक अघिसम्मपनि ती हाइड्रन्ेटको सञ्चालनका लागि खानेपानीले वारुणयन्त्र कार्यालयसंग सहकार्य गर्दै आएको थियो। सो क्रममा वारुणयन्त्र कार्यालयले प्रत्येक साता हाइडे«न्टको रेखदेख गर्दै आएको वारुण यन्त्र कार्यालयका प्रमुख सुभाषकुमार क्षेत्रि बताउछन्। विगत ३७ वर्षदेखि वारुणयन्त्रमा कार्यरत क्ष्ँेत्रिका अनुसार, सडक बनाउने क्रममा ती सामाग्री कता हराए, नगरपालिकाले पनि ध्यान दिन सकेन।
फायर हाइड्रेन्ट हुँदा आगलागीको क्षेत्रबाट पानीका लागि अन्यत्र जानुपर्ने वा पानी सकिएर अर्को दमकल बोलाउनुपर्ने अवस्था आउने थिएन, क्षेत्री गुनासो गर्छन। उनी भन्छन्, ‘यसको उपयोगिताबारे कि हामी नजान्ने हौ कि बढि जान्ने, बुझ्न सकिएन।’
२०४६ सालमा विराटनगरमा खानेपानी संस्थानको स्थापित भयो तर, त्यसअघि देखिनै फायर हाइड्रेन्ट सडकमा राखिएको संस्थानका प्रमुख शैलेन्द्रकुमार साह बताउ“छन्। उनले भने, “सडक विस्तारका नाममा ती संरचना भत्किए वा भत्काइयो। आज हामी कहा“ ती हाइड्रेन्ट कहा छ खोज्नुपर्ने अवस्था छ।’
विराटगर महानगरपालिका भित्र हाल करिब १३ वटा वाटर हाइड्रेन्टको उपस्थिती रहेको साह बताउँछन्। बढ्दो शहरीबस्ती र जनसंख्याको चापलाई हेर्ने हो भने हाइड्रेटन्टलाई नजरअन्दाज गर्न नसकिने उनको भनाइछ। उनी भन्छन्, ‘प्रति एक हाइड्रेन्टलाई स्थापना गर्दा बढिमा २ लाख सम्म खर्च लाग्दछ। जुन जमिनमुनि खानेपानीको पाइपसंग जोडिएको हुन्छ।’
साहका अनुसार, पछिल्लो समय स्थानीयले पनि हाइड्रेन्टको स्थानमा धारा राख्न थालेपछि उपयोगिता कम हुदै गएको हो। ‘कतिपयस्थानमा हाइड्रेन्ट हटाएर धारा राखिएकोछ’ उनी भन्छन्। शहरीको विकाससंगै नया स्थानमा हाइड्रेन्ट राखिनुपर्नेमा उनको जोड छ।
हाइड्रेन्ट हराउनुमा सडक विभाग, महानगरपालिका र शहरी विकास तथा भवन निर्माण कार्यालयपनि दोषी रहेको उपभोक्तावादी उत्तम ढुङ्गेल बताउछन्। महानगरको विकास तिव्रगतिमा हुदै गर्दा यस्तो अत्यावश्यक सामग्रीमा कसैको ध्यान जान नसकेको बताउने ढुङ्गेल अब बन्ने नया संरचनामा हाइड्रेन्टको उपस्थिति हुनु आवश्यक रहेको उल्लेख गर्छन्।
अर्कोतर्फ महानगरपालिका भने, हाइड्रेन्ट खानेपानी संस्थान अन्तर्गत पर्ने भएकाले हालको अवस्था बुझ्न नसकिएको जनाउँछ। विगतमा विराटनगरको तिनपैनी, बरगाछी, देवकोटा चौक, तिनटोलिया पिपल चौक, बसपार्क, जिल्ला प्रशासन कार्यालय, भट्टा चौक, मिल्स एरिया रानीमा हाइड्रेन्ट थिए।
तर, हाल मिल्स एरिया रानीमा रहेका मध्ये मुश्किलले दुइ या तीन वटा हाइड्रेन्ट चल्न सक्ने अवस्थामा छन्। त्यसैगरि, महानगरपालिकाको वारुणयन्त्र कार्यालयमा ५ हजार लिटरका तीनवटा दमकल छ।