१८ लाख आप्रवासीलाई नागरिकता दिने अमेरिकी योजना

१८ लाख आप्रवासीलाई नागरिकता दिने अमेरिकी योजना
+
-

अमेरिकाले १८ लाख आप्रवासीलाई अमेरिकाको नागरिकता दिने योजना ल्याउने तयारी गरेको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले मेक्सिकोसँगको सीमा बनाउने भनिएको पर्खालका लागि रकम जुटाउने शर्तमा १८ लाख आप्रवासीलाई अमेरिकाको नागरिकता दिने योजना ल्याउन लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आप्रवासी सम्बन्धी नयाँ योजनाका बारेमा डेमोक्र्याटिक सिनेटरसँग वार्ताको तयारी भइरहेका बेला रिपब्लिकन पार्टीका सदस्यको भेलामा ट्रम्पका एक वरिष्ठ सहयोगीले यो योजनाका बारेमा जानकारी दिएका हुन् । यो प्रस्ताव सोमबार सार्वजनिक हुने र यसमा मेक्सिकोसँगको सीमा बनाउने भनिएको पर्खालका लागि २५ बिलियन डलरको माग गरिएको हुनेछ ।

नागरिकता दिनेडेमोक्र्याटिक सिनेटरले सीमा पर्खालका लागि गरिने खर्चको विरोध गर्ने बताउँदै आएका छन् । यहि हप्ता डेमोक्र्याटिक सिनेटर चक शुमरले आफूहरुले सीमा पर्खालका लागि गरिने खर्चको विरोध गर्ने बताएका थिए । ह्वाइट हाउसका रणनीतिक प्रमुख स्टीफन मिलरले रिपब्लिकन सदस्यलाई बिहीबार नयाँ योजना बारे जानकारी दिएको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

यो योजना अन्तगृत १८ लाख आप्रवासीलाई अबको १० देखि १२ वर्षभित्र अमेरिकाको नागरिकता दिने उल्लेख छ । यसमा झण्डै सात लाख ‘ड्रिमर्स’ रहने छन् । बाल्यकालमा अमेरिका छिरेकालाई ड्रिमर्स भनिन्छ ।

नागरिकता दिनेबाराक ओबामाको कार्यकालमा उनीहरुलाई डाका कार्यक्रम अन्तर्गत सुरक्षा प्रदान गरिएको थियो । डाका लागि योग्य रहेका तर त्यसमा निवेदन नदिएका थप ११ लाखलाई पनि नागरिकता दिने ट्रम्प प्रशासनको योजना छ । तर त्यसका लागि सीमा पर्खालका लागि बजेट जुटाउन सहमति दिनु पर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?