ओस्कार विजेता अभिनेता एफ्लेक यो वर्षको ओस्कारमा जान नपाउने

ओस्कार विजेता अभिनेता एफ्लेक यो वर्षको ओस्कारमा जान नपाउने
+
-

ओस्कार विजेता अभिनेता केसी एफ्लेक यो वर्षको ओस्कार अवार्डमा सहभागी हुन नपाउने भएका छन् । उनीमाथि लागेको यौन हिंसाको आरोपका कारण एफ्लेकलाई ओस्कार अवार्डमा सहभागी हुनबाट रोक लगाइएको उनको प्रचारप्रसार टिमले पुष्टि गरेको छ ।

गएको वर्ष म्यानचेस्टर बाइ द सि चलचित्रका लागि सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका एफ्लेकले यो वर्ष ओस्कारको परम्परा अनुसार सर्वोत्कृष्ट अभिनेत्रीलाई अवार्ड प्रदान गर्न जानु पर्ने थियो ।

तर एफ्लेकलाई ओस्कार कमिटिले नबोलाउने निर्णय गरेको हो । ओस्कार कमिटिकी प्रवक्ताले पनि अभिनेता एफ्लेक यो वर्षको ओस्कार अवार्डमा सहभागी नहुने पुष्टि गरेकी छन् ।

अभिनेता एफ्लेकमाथि सन् २०१० मा आइ एम स्टिल हेयर चलचित्रकी निर्माता एमान्डा ह्वाइट तथा छायाँकार माग्डालेना गोर्काले चलचित्र निर्माणको क्रममा यौन हिंसा गरेको आरोप लगाएका छन् ।

यो चलचित्र एफ्लेकको निर्देशनमा बनेको थियो । यो पुरानो मुद्दा भएपनि अहिले हलिवुडमा यौन हिंसा विरुद्ध अभियान चलेकाले एफ्लेकलाई ओस्कारमा नबोलाउने निर्णय भएको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?