छाउगोठ र दाइजोबिनाको विवाहमा ‘साथी’

+
-

काठमाडौं – कुरीति र अव्यावहारिक सामाजिक संस्कारलाई तिलाञ्जलि दिँदै विभेद तथा हिंसाको दुष्चक्रबाट महिला तथा बालिकालाई जोगाउने उद्देश्यले २५ वर्षअघि स्थापित परोपकारी संस्था ‘साथी’ ले छाउगोठ र दाइजोबिनाको विवाह अभियानलाई निरन्तरता दिएको छ ।

साथी स्थापनाको २५ औँ वार्षिकोत्सव समारोहका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लैंगिक हिंसाविरुद्ध डटेर लड्न नारी नेत्रीहरूलाई आह्वान गरे ।

तीनवटै तहका निर्वाचनबाट चुनिएका महिलाले प्राप्त गरेको स्थानले नेपाल महिला सशक्तीकरणका पक्षमा रहेको दर्शाउँछ भन्दै उनले जनजाति, दलितलगायत सबै वर्गका महिलालाई राजनीति र विकासको मूल प्रवाहमा समाहित गरिएको बताए ।

उनले भने, “लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले महिलाका हकअधिकार सुरक्षित गरेको छ, महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति सरकारले अपनाएको छ ।” त्यस अवसरमा प्रधानमन्त्रीले साथी स्थापनामा योगदान गर्नुभएका माधुरी राणा सिंह, आरजु राणा देउवा, प्रमदा शाह र बन्दना राणालाई सम्मान गरे ।

संस्थाका अध्यक्ष उमाराज्यलक्ष्मी शाहले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ६६ साझेदार संथाको सहयोगमा सञ्चालित भई महिला अधिकारको रक्षा र सशक्तिकरणसँगै घरेलु र लैंगिक हिंसाविरुद्ध कार्यरत साथीले महिलाविरुद्धका हिंसा, नयाँ कानून निर्माण, नीति तर्जुमा, आश्रयस्थल सञ्चालनलगायत नारी हकहितका क्षेत्रमा काम गरिरहेको बताइन् ।

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष समूहका २२ प्रतिशत महिला शारीरिक हिंसा, सात प्रतिशत यौनहिंसा तथा २६ प्रतिशत विवाहिता श्रीमानबाट प्रताडित हुने गरेका छन् । रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?