भारतले ६९ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले ६९ औँ गणतन्त्र दिवस मनाउँदै
+
-

काठमाडौं – भारतले शुक्रबार ६९ औँ गणतन्त्र दिवस मनाउँदै छ । ६८ वर्ष पहिले नयाँ संविधान बनेर गणतन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २६ का दिन भारतले गणतन्त्र दिवस मनाउने गरेको छ ।

दिवसको अवसरमा शुक्रबार राजधानी नयाँ दिल्लीमा विशेष समारोह हुँदैछ । राष्ट्रपति रामनाथ कोविन्दले विभिन्न सम्मान वितरण गर्ने छन् । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

गणतन्त्र दिवसको कार्यक्रमका लागि राजधानी नयाँ दिल्लीसहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६८ वर्ष अघि बनाइएको आधुनिक भारतको संविधानमा अहिलेसम्म एक सय एक पटक संशोधन गरिएको छ ।

राष्ट्रपति बनेपछि पहिलो पटक गणतन्त्र दिवसको अवसर पारेर बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति कोविन्दले लोकतन्त्र, कानुनको शानसन तथा बालिका शिक्षालाई जोड दिनु पर्ने बताए ।

भारतको गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द, उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका उपराष्ट्रपति बैंकया नायडू र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?