नेइमारलाई रियल मड्रिड जानका लागि पिएसजीको यस्तो शर्त

नेइमारलाई रियल मड्रिड जानका लागि पिएसजीको यस्तो शर्त
+
-

यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन पिएसजी गएका ब्राजिलियन नेइमारले राम्रो प्रदर्शन गरिरहेका छन् । तर उनी पिएसजीबाट स्पेनिस क्लब रियल मड्रिड जान चाहेका खबर आइरहेका छन् ।

यसबिचमा पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारलाई पिएसजी छोड्नका लागि शर्त राखेको खबर आएको छ । गोलका अनुसार २५ वर्षे स्टार स्ट्राइकर नेइमारलाई रियल मड्रिड जानका लागि पिएसजीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउनु पर्ने शर्त अल–खेलाइफीले राखेका हुन् ।

पिएसजीमा नेइमारले २३ खेलमा २४ गोल गरिसकेका छन् । उनी कीर्तिमानी मूल्यमा पिएसजी आए पनि रियल जान चाहेको र रियलले पनि उनका लागि कीर्तिमानी मूल्य नै तिर्ने तत्परता देखाएको खबर आउने गरेका छन् ।

क्रिष्टियानो रोनाल्डोको प्रदर्शन कमजोर भइरहेका बेला नेइमार रियल आएर त्यहाँको प्रभावशाली खेलाडी बन्ने दाउमा छन् ।

 

यो पनि पढ्नुहोस्…

रियल मड्रिडमा नेइमार आउने बाटो बन्दै, रोनाल्डोमाथि दबाब

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’