
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलो स्पेनिस ला लिगा क्लब अहिले समस्यामा रहेको बताउँदै क्रिष्टियानो रोनाल्डोका बारेमा कुरा गरे आगोमा घ्यु थप्न नचाहेको बताएका छन् ।
ला लिगामा भएको खराब प्रदर्शनका कारण रियल मड्रिड समस्या रहेका बेला रोनाल्डोलाई युनाइटेड ल्याउने विषयमा कुरा गरेर थप समस्यामा पार्न नचाहेको मोरिन्होको भनाई छ ।
रोनाल्डो निकै उत्कृष्ट खेलाडी रहेको र उनलाई क्लबमा ल्याउन जसले पनि चाहने मोरिन्होको भनाई छ । तर रियल मड्रिड अहिले समस्यामा रहेकाले आफूले रोनाल्डोलाई ल्याएर रियल मड्रिडलाई थप पीडा दिने काम गर्न नचाहेको संकेत उनले गरे ।
उनले भने ‘रोनाल्डोलाई विश्वका सबै क्लब र प्रशिक्षक चाहन्छन् । तर पाउँछन् एक क्लब र प्रशिक्षकले मात्रै ।’ मोरिन्होको यो भनाईले रोनाल्डो तत्काल म्यानचेस्टर युनाइटेड आउने सम्भावना नरहेको तर्फ संकेत गरेको छ ।