
बेइजिङ बेलयातका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने भएका छन्।
उनले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिए।
यस भ्रमणको क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ ।
उनले आफ्ना चिनियाँ समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्ने भएका छन्।
नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआले उच्चस्तरको भ्रमणले दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।
बेलायती प्रधानमन्त्री थेरेसाले चीनको सांघाइ र वुहानको पनि भ्रमण गर्ने तालिका रहेको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री भएपछि थेरेसाले अहिले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नु भएकाले भ्रमणलाई उच्च महत्व र अर्थपूर्ण रूपमा हेरिएको छ। रासस/एपी