
अहिलेको आधुनिक युगलाई सूचना प्रविधिको युगभनेर सबैले स्विकार गर्दै आएका छन्। मानिसहरु आफ्नो दैनिक जीवनलाई सहज बनाउन प्रविधिलाई रोज्ने गरेका छन्। यही सन्दर्भमा ठूल्ठूला लगानीकर्ताहरु समेत प्रविधिलाई नै सुरक्षित र भरपर्दो माध्यमको रुपमा मान्दै आए पनि नजिकबाट प्रविधिलाई नबुझ्दा यसले नोक्सानी समेत पुर्याएको छ।
विश्वमा विकास र विस्तारका लागि विभिन्न प्रविधिलाई आधार मानेर विभिन्न सफ्टवेयर प्रत्येक दिन बनिरहेका छन्। तर बनेका ती प्रविधिका उत्पादनहरु विश्वबजारमा हिट हुनुको साटो हिस्स पनि परेका छन्। त्यसकारण प्रविधिमा लगानी गर्नुपूर्व एक पटक सोचे पैसा र प्रगति दुवै उपलब्धि हासिल गर्न सकिन्छ। यसका लागि विज्ञको ५ सुझाव यस्तो छ।
१. के यो परिवर्तित छ?
तपाई एउटा लगानीकर्ताको नाताले आजको समाधान र भविष्यलाई उपलब्धिको रुपमा हेर्नु पर्ने हुन्छ। समय र ऊर्जा अनुरुप प्रविधिले साथ दिएको छ की छैन भनेर पहिचान गर्न सक्नुपर्छ। लगानी भनेकै भविष्यको व्यापार हो भन्दै यसको लागि आधार, योजना र सही मूल्य निर्धारण गरी कार्यान्वयनको खाँचो पर्दछ। व्यक्तिमा उद्यमी बन्न सक्ने लक्षण हुनु जरुरी छ। –जेफ इप्सटेन, राजदूत
२. के अहिलेको प्रणालीलाई सुहाउँछ की सुहाउँदैन ?
लगानी पूर्व कुनै पनि प्रविधिले अहिलेको प्रणाली समय सुहाउँदो छ की छैन भनेर हेर्नुपर्दछ। पुरानो प्रविधिलाई विस्तारै विस्थापित गर्दै नयाँ प्रविधिले आफ्नो प्रभाव पार्न सक्नुपर्दछ। मैले नयाँ प्रविधिमा लगानी गरे भने ढुक्कका साथ भन्न सक्नुपर्छकी यसले विश्वमा नयाँ परिवर्तन लिएर आउँछ। ब्राइन केशलर, सीपीए एक्जाम गाइड
३. व्यापारमा नयाँ क्रान्ति गर्छ की गर्दैन ?
अहिलेको विश्वमा व्यापार सबैभन्दा अगाडि आउँछ। त्यसको लागि पहिला लगानीकै आवश्यकता पर्छ। लगानी पनि नयाँ सोच र समयको माग अनुसार हुनु जरुरी छ। यसको लागि गुणस्तर र बजारमा बिकाउ हुनु जरुरी छ।
ड्रियू हेन्ड्रिक्स, बटरकप
४. उपभोक्तामैत्री छ की छैन ?
कुनै पनि प्रविधि भित्र्याउँदा उपभोक्तामैत्री छ की छैन भनेर लगानीकर्ताले विशेष ध्यान दिनु जरुरी छ। विश्व बजारमा धेरै प्रविधिका उत्पादनहरु प्रतिस्पर्धामा आइरहेका हुनाले कुन भरपर्दो र सुरक्षित छ भन्ने उपभोक्तामा प्रभाव पार्नुसक्नुपर्छ। –आडम मणडेलर,कस्टमर टोब्याको
५. के त्यो उत्पादनले समय र पैसाको बचत गराउँछ ?
प्रविधिमा विकास भएका उत्पादनले समय र पैसाको बचत गराउँछ की गराउँदैन भनेर लगानीकर्ताले ध्यान दिनु जरुरीछ। उपभोक्ताले पहिला समय र पैसाको बचतसँगै आफ्नो समस्या समाधान खोज्ने गर्दछ। यसकारण लगानीको लागि समस्या होइन समाधान दिन सक्नुपर्छ। -जेसिका गोन्जाली,अप्टिमोन्सटर