
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारको कुरा आउँदा आफूले अमेरिकालाई पहिलो स्थानमा राख्ने गरेका तर यसको अर्थ अमेरिका एक्लै भन्ने चाहिँ नरहेको बताएका छन् ।
दावोसमा भएको वर्ल्ड इकोनोमिक फोरमको सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका एक्लै होइन पहिलो चाहिँ हुन चाहेको बताएका हुन् ।
तर अहिले विश्व व्यापारमा असमान व्यवहार हुँदै आएको र अमेरिकाले यसलाई अब धेरै समय सहन नसक्ने उनले बताए । ट्रम्पले सन् २०१६ मा चुनावी अभियानको क्रममा अमेरिका फस्ट नारालाई प्राथमिकता दिएका थिए ।
स्थानीय उत्पादनलाई विदेशी उत्पादनको प्रतिस्पर्धाबाट माथि ल्याउन यस्तो नारा ल्याएको ट्रम्पले बताउने गरेका छन् ।
तर अर्थतन्त्र सम्बन्धी विश्वका नेता भेला भएको दावोस सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अमेरिका पहिलो नारा आफ्नो रहेको तर यसको अर्थ अमेरिका एक्लै भने नरहेको उनले बताए ।
सम्बन्धित समाचारहरु…
ट्रम्पको विरोधमा एक अमेरिकी कुटनीतिज्ञद्वारा राजीनामा
अमेरिकी विश्व नेतृत्वलाई चीनियाँ चुनौती