पूर्वचिकित्सकलाई जेलपछि जिम्न्यास्टिक बोर्डका सबै पदाधिकारीद्वारा राजीनामा

पूर्वचिकित्सकलाई जेलपछि जिम्न्यास्टिक बोर्डका सबै पदाधिकारीद्वारा राजीनामा
+
-

अमेरिका-जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १ सय ७५ वर्षको सजाय सुनाइएपछि  संयुक्त राज्य अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने निर्णय गरेका  छन्।

ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै उनीहरुले राजीनामा दिने निर्णय गरेको बीबीसीले जनाएको छ।

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १ सय ७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीहरूलाई राजीनामा दिन ‘अल्टिमेटम’ दिएको थियो।

ल्यारी नासरलाईल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले या त बोर्ड भंग गरिनुपर्ने वा उसले खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो।

उसले बोर्डलाई नयाँ जीवन दिन बुँदागत रुपमा नयाँ सुधारका कदम नचालेसम्म उक्त राष्ट्रिय खेलकुद निकायले जिम्न्यास्टिक सञ्चालन गर्ने अधिकार गुमाउने पनि उल्लेख गरेको थियो।

यसका साथै यसै हप्ताको शुरुमा पूर्व ओलिम्पिक जिम्न्यास्टिक चिकित्सक नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्वयहार गरेको आरोपमा १ सय ७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो।

सो सजाय सुनाइनुअघि अदालतमा १ सय ५० जना भन्दा बढीले एकदमै भावावेगपूर्ण बयान अदालतसमक्ष दिएका थिए।

१८ सदस्यीय अमेरिकी जिम्न्यास्टिक बोर्डका ५ जनाले राजीनामा दिइसकेका छन्।

त्‍यसैगरी अब उक्त बोर्डका बाँकी पदाधिकारीहरूले पनि आफ्नो कार्यकाल नसकिदै पद छाड्ने भएका छन्।

उक्त विवाद सतहमा आएपछि अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटिका दुई पदाधिकारीले राजीनामा दिएका छन्।

५४ वर्षका नासरले सन् १९९७ देखि २०१६ सम्म उक्त विश्वविद्यालयमा काम गरेका थिए। उनी सन् १९९६ देखि २०१४ सम्म अमेरिकी जिम्न्यास्टिक संघका चिकित्सक थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?