रक्षा बजेट वृद्धि गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

रक्षा बजेट वृद्धि गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प
+
-

वासिङ्टन-अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लागेको बताइएको छ ।

उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेको समाचारमा जनाइएको छ ।

काँग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लागेको रक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी अधिकारीलाई उद्धृतगर्दै अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएअनुसार सो बजेट यदि पारित भयो भने यसवर्षको अर्थात् सन् २०१८ को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ ।

राष्ट्रति ट्रम्पको सो आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन् गरिरहेको बताइएको छ । सो प्रस्तावबमोजिम नै बजेट निर्माण हुने वा बजेट काँग्रेसले पारित गर्ने हो भने अघिल्ला वर्षहरुको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ।

सो बजेट अमेरिकी नेतृत्वमा हाल जारी रहेका युद्धहरुका साथै अमेरिकी अश्‍त्र गृह निर्माणका लागि आवश्यक रहेको उनले प्रस्ताव गरेका छन्।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गतहप्ता गर्नुभएको प्रस्ताव बमोजिम यो बजेट आउन लागेको अनुमान गरिएको छ।

उनले गतहप्ता राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्नेक्रममा अमेरिकी सरकारले सेनाको सशक्तिकरण गर्ने योजना बनाएको र त्यसका लागि अहिलेको रक्षा बजेट अपुग हुने बताएका थिए।

सोही बमोजिम यो बजेटको प्रस्ताव आएको अनुमान गरिएको समाचारमा जनाइएको छ। रासस/एपी

 

सम्बन्धित समाचारहरु…

अमेरिका पहिलो, एक्लै होइन : ट्रम्प

मसँग ज्यादा शक्तिशाली आणविक बटन छ: ट्रम्प

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?