एमालेका थापाको उम्मेदवारी रद्द, पार्कीको कायमै

एमालेका थापाको उम्मेदवारी रद्द, पार्कीको कायमै
+
-

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी कायमै राख्न र प्रदेश नं ४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

उम्मेदवार पार्कीलाई नगर समितिको सदस्य भई लाभको पदमा रहेको र थापाले पेश गरेको अपाङ्गताको प्रमाणपत्र उम्मेदवारी दर्तापछि मात्रै बनाएको भनी उजुरी परेको थियो ।

आयोगको शनिबारको बैठकको निर्णयमा प्रदेश नं ७ का उम्मेदवार शेरीराम पार्की नगरपालिका सदस्य भएकै कारणले निजको उम्मेदवारी रद्द गरिरहनु नपर्ने निर्णय गरेको छ ।

प्रदेश नं ४ बाट अल्पसंख्यक वा अपाङ्गता समूहअन्तर्गत अपाङ्गताका आधारमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापाले मनोनयनपत्र साथ पेश गरेको अपाङ्गताको परिचयपत्र अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०५७ बमोजिम भएको तर त्यसलाई नेपाल सरकारले खारेज गरी अर्को निर्देशिका २०६५ मा जारी गरेको थियो । उम्मेदवार थापाले माघ १० गते उम्मेदवारी दर्ता गरेपछि माघ १२ गते नयाँ अपाङ्गताको प्रमाणपत्र बनाएर पेश गरेका थिए । रासस

 

सम्बन्धित समाचारहरु…

राष्ट्रिय सभा उम्मेदवार थापाको उम्मेदवारी खारेज

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?