एम्बुलेन्समा विस्फोटक पदार्थ, ९५ जनाको मृत्यु

एम्बुलेन्समा विस्फोटक पदार्थ, ९५ जनाको मृत्यु
+
-

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ९५ जनाको ज्यान गएको छ । काबुलको मध्य क्षेत्रमा भएको विस्फोटमा परि १५८ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स सरकारी कार्यालय तथा विदेशी दूतावस रहेको र सुरक्षा व्यवस्था निकै कडा रहेको क्षेत्रमा लगेर विस्फोट गराएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

विस्फोट आन्तरिक मामिला मन्त्रालयको भवनलाई लक्षित गरी गराइएको हो । सडकमा हिँडिरहेका मानिस विस्फोटनमा परेका हुन् । तालिबान बिद्रोहीले आक्रमणको जिम्मा लिएको छ ।

यो विस्फोट पछिल्ला केही महिनामा सबै भन्दा घातक विस्फोट हो । गएको हप्ता काबुलमा रहेको सुविधासम्पन्न होटलमा आक्रमण गर्दा २२ जनाको ज्यान गएको थियो ।

स्थानीय समय अनुसार शनिबार बेलुका सवा १२ बजे युरोपियन युनियनको कार्यालय, एक अस्पताल र चिकेन स्ट्रिटको नामले चिनिने व्यापारिक केन्द्र रहेको व्यस्त क्षेत्रमा विस्फोट भएको हो ।

एम्बुलेन्समा आएका आक्रमणकारीले विरामीलाई अस्पताल लैजाने भन्दै कडा सुरक्षा रहेको क्षेत्रमा प्रवेश गरी विस्फोट गराएका हुन् । आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिका, फ्रान्ससहितले विरोध गरेका छन् ।

तस्बिर : इपिए, एएफपी र रोयटर्स

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’