
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडलाई जिताउने क्रममा दुई गोल गरेको स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ला लिगामा नयाँ कीर्तिमान बनाएका छन् ।
रोनाल्डोल भ्यालेन्सियासँगको खेलमा दुवै गोल पेनाल्टी मार्फत गरेका हुन् । योसँगै उनी ला लिगामा सबैभन्दा धेरै पेनाल्टी प्रहार गर्ने र त्यसमा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।
लयमा फर्किँदै रोनाल्डो, रियल मड्रिडको शानदार जित
उनले ह्युगो सान्चेजको ला लिगामा धेरै पेनाल्टी प्रहार गर्ने कीर्तिमान भंग गरेका हुन् । सान्चेजले ला लिगामा ७१ पेनाल्टीमा ५६ गोल गरेका थिए । रोनाल्डोले ७२ पेनाल्टीमा ६१ गोल गरेका छन् । यो खेलमा भ्यालेन्सियालाई रियल मड्रिडले ४–१ ले हरायो ।