
एजेन्सी- भारतीय टीभी सिरियल ‘सिया राम’ मा हनुमानको भूमिका निभाउने अभिनेता दानिश अख्तर सैफीले विवाह गरेका छन्।
अभिनेता एवं रेसलर समेत रहेका दानिशले जनवरी २६ तारिकमा आफ्नी गर्लफ्रेन्ड नादियासँग विवाह गरेका हुन्। उनले दुई वर्षको प्रेमसम्बन्धलाई वैवाहिक सम्बन्धमा गाँसेको बताएका छन्।
उनले भनेका छन्’ हाम्रो पहिलो भेटघाट एउटा जिममा भएको थियो। त्यही भेटले प्रेम र प्रेम अहिले विवाह सम्बन्धमा कायम भएको छ।’
उनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि सर्वसाधारणले थाहा पाएका छन्। पहिला बहिनीको विवाह सम्पन्न गरेका उनले अरुलाई थाहै नदिई आफू पनि विवाह गरेका हुन्।
यसअघि ‘सिया राम’का निर्देशक राम निखिल सिन्हाले दानिशलाई रेसलिङ गर्दै गरेको देखेपछि उनलाई बोलाएर हनुमानको भूमिका निर्बाह गर्न अफर गरेका थिए। दानिशले अब चाँडै नै आउँदै गरेको फिल्म ‘कुरुक्षेत्र’ मा भीमको भूमिकामा देखिने छन्।