क्लार्कले दिए सन्दीपलाई बधाई, सामाजिक सञ्‍जालमा पनि ओइरो

क्लार्कले दिए सन्दीपलाई बधाई, सामाजिक सञ्‍जालमा पनि ओइरो
+
-

काठमाडौं- अष्ट्रेलियाका पूर्वकप्तान माईकल क्लार्कले आईपीएल अफिसियल ह्यान्डलबाट सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा टिममा अनुबन्धित गरेको समाचार सार्वजनिक गरे लगत्तै लगातार ४ ट्‌वीट गरेका छन्।

अफगानिस्तान गत बर्ष, नेपाल यस बर्ष। वास्तवमै प्रतिभाशालीले अवसर पाएका छन् भन्दै ऋषिकेश रमानीले लेखेको ट्‌वीटलाई क्लार्कले ‘सहमत’ लेख्दै रिट्‌वीट गरेका छन्।

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान विनोद दास, क्रिकेट एसोसिएसन अफ नेपालकि पूर्व सीईओ भावना घिमिरेले पनि सन्दीपलाई बधाई दिएका छन्।

दासले लेखेका छन्, बधाई सन्दीप, तिमीले हामी सबैलाई गौरवान्वित बनाएका छौं, युवालाई अवसर दिएकोमा  धन्यावाद दिल्ली डेयर डेभिल्स।

घिमिरेले ट्‌वीटमा लेखेकी छन्, वाउ, एतिहासिक क्षण, सन्दीप लामिछाने आईपीएलमा। सबैलाई बधाई। सपना पूरा भएको छ।


आईपीएलमा सहभागि टोली कलकत्ता नाईडराइडर, मुम्बई इन्डियन, सनराईजर हैदरावाद, राजस्थान रोयल्सले पनि सन्दीपलाई बधाई दिएका छन्।

भारतीय सञ्चार माध्यमहरुले सन्दीप आइपिएलमा छनोट भएको खबरलाई उच्च प्राथमिकता दिएका छन्।

टाईमस् अफ इण्डियाले लेखेको छ, ‘ १७ वर्षी लामिछाने २०१६ मा बंगलादेश सम्पन्‍न भएको विश्वकपमा आइरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएपछि चर्चित भएका थिए।’

यस्तै हिन्दुस्तान  पनि  टाइम्सले सन्दीपलाई प्रतिभाशाली खेलाडी भनेर उल्लेख गरेको छ।

यसका साथै क्रिकेटका लागि चर्चित वेबसाइटहरु क्रिकइन्फो, क्रिकबज र स्काई स्पोर्ट्स क्रिकेटले सन्दीपको समाचारलाई महत्त्व दिदैं प्रकाशित गरेका छन्।


नेपाली क्रिकेटर अविनाश कर्ण र सन्दीप सुनार, सिद्धान्त लोहनी लगायतले सन्दीपलाई सामाजिक संजालबाट बधाई दिएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’