मेलबर्न– रोजर फेडेररले २० औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन्। वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार मारिन सिलिचलाई ६–२, ६–७, ६–३, ३–६ र ६–१ ले हराउँदैं ३६ वर्षिय फेडेररले २० औं पटक ग्रान्डस्लामको उपाधि जितेका हुन्।
फेडेररले अस्ट्रेलियन ओपनको उपाधि जितेको यो छैटौं पटक हो। यो प्रतियोगिता सर्वाधिक जित्ने कीर्तिमान पनि उनले बराबरी गरेका छन्। फेडेरर सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने पुरुष खेलाडी हुन्।
उनीभन्दा पछाडि रहेका स्पेनका राफेल नाडालले १६ पटक ग्रान्डस्लाम उपाधि जितेका छन्।
फेडेररले ३० पटक ग्रान्डस्लामको फाइनलमा पुगेपनि १० पटक उपविजेतामा सिमित भएका थिए।
फेडेररले एक पटक फ्रेन्च ओपन, सात पटक विम्बल्डन र ६ पटक यूएस ओपन जितेका छन्।
फेडेररले २१ वर्षको उमेरमा सन् २००३ मा पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा विम्बल्डन जितेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































