अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दीप

अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दीप
+
-

काठमाडौं– नेपालका युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग(आईपिएल)को आगामी संस्करणमा सहभागी हुने सबैभन्दा कम उमेरको खेलाडीमा तेस्रो नम्बरमा छन्।

दिल्ली डेयर डेभिल्सले २० लाख भारतिय रुपैयाँमा आबद्ध गरेका सन्दीप आईपिएलमा छनोट हुने पहिलो नेपाली क्रिकेटर हुन्। आइतबारको मितीमा सन्दिपको उमेर १७ वर्ष एक सय ७९ दिन हो।

सबैभन्दा कम उमेरका खेलाडी अफगानिस्तानका मुजिब जद्रान हुन्। चर्चित क्रिकेट समाचार पाेर्टल क्रिकइन्फाेमा अाइपिएलकाे अागामी स‍‌स्करणमा सहभागी हुने खेलाडीकाे उल्लेख भएकाे उमेरलाइ हेर्दा सबैभन्दा कम उमेरकाे खेलाडीमा मुजिब पहिलाे र सन्दिप तेस्राे नम्बरमा देखिएका हुन्।

किंग्स इलेभेन पन्जाबले आबद्ध गरेका दायाँ हाते अफब्रेक स्पिनर मुजिबको उमेर १६ वर्ष तीन सय ६ दिन रहेको छ। दिल्लीमै आबद्ध भएका अभिशेक शर्माको उमेर १७ वर्ष एक सय ४६ दिन रहेको छ।

यी तीनै जना खेलाडी पहिलो पटक आईपिएलमा छनोट भएका हुन्। केही महिना अघि सम्पन्न एसिसी यु–१९ एसिया कपमा यी तीनै जना खेलाडीले खेलेका थिए।

आगामी आईपिएलमा आठ टोलीबाट कुल एक सय ८८ खेलाडीले खेल्नेछन्। त्यसमा विदेशी खेलाडीको संख्या ६२ छ। चेन्नई सुपर किंग्स, दिल्ली डेयर डेभिल्स, मुम्बई इन्डियन्स र सनराईज हैदराबादमा २५/२५ खेलाडी हुनेछन्।

रोयल च्यालेन्जर्स बैंगलोरमा २४, कोलकता नाइट राइडर्समा १९, राजस्थान रोयल्समा २३ र किंग्स इलेभेन पन्जाबमा २१ खेलाडी हुनेछन्। नेपाली स्पिनर सन्दिप आगामी आ«ईपिएलमा छनोट भएका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)को एसोसिएट तथा एफिलिएट सदस्यका एकमात्र खेलाडी हुन्।

गत वर्ष आईसिसीबाट टेस्ट सदस्यको मान्यता पाएको अफगानिस्तानका चार खेलाडी आगामी आईपिएलमा देखिनेछन्। अफगानिस्तानका रसिद खान, मोहम्मद नाबी, जाहिर खान र मुजिब जद्रान आगामी आईपिएलका लागि छानिएका छन्।
आईपिएल नखेलेका खेलाडीको सुचीमा जद्रान सबैभन्दा महँगा खेलाडी हुन्। यी दायाँ हाते अफब्रेक स्पिनरलाई पन्जाबले चार करोड भारतिय रुपैयाँमा लिएको छ।

आईपिएलको गत संस्करणमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र लेग ब्रेक गुग्ली स्पिनर रसिद खानले खेलेका थिए। आईपिएलका अफगान खेलाडीको त्यो पहिलो सहभागिता थियो। सनराइजर्स हैदराबादले रसिदलाई यसपटक नौ करोड भारतिय रुपैयाँ खर्चिएको छ।

रसिदको उमेर केवल १९ वर्ष एक सय ३० दिन भएको छ। सनराईजर्सले नै ३३ वर्षिय नाबीलाई एक करोड भारुमा लिएको छ। राजस्थान रोयल्सले १९ वर्ष ३९ दिन उमेर भएका जाहिर खानलाई ४५ लाख भारु खर्चिएको छ।

आगामी आईपिएलमा सहभागी हुने २० वर्षभन्दा कम उमेरका खेलाडीको सुचीमा सबैभन्दा बढी पैसा पाउनेमा रसिद पहिलो र मुजिब दोस्रो नम्बरमा आउँछन्। १८ वर्ष ८० दिन उमेर पुगेका पृथ्वी शाहले एक करोड २० लाख तथा १८ वर्ष ३१ दिन उमेर भएका कमलेश नगरकोटीले तीन करोड २० लाख भारु पाएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’