आर्मीलाई हराउँदै धरान आहा राराको सेमिफाइनलमा

आर्मीलाई हराउँदै धरान आहा राराको सेमिफाइनलमा
+
-

पोखरा- नेपाल आर्मी क्लबलाई हराउँदै धरान फुटबल क्लब १६ औं आहा राराको सेमिफाइनलमा प्रवेश गरेको छ।

आहा राराको तीन पटकको उपविजेता समेत रहेको आर्मीलाई हराउँदै धरानले फाइनल प्रबेशका लागि एपिएफ र थ्रीस्टारको विजेतासँग खेल्ने भएको छ।

निधारित समय र थप समयमा दुबै टिमबाट एक/एक गोल भएपछि ट्राइब्रेकरमा ५–४ गोलले धरान विजयी भएको हो।

आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर बाहिरिएपछि आर्मी ट्राइब्रेकरको सिकार भयो।

खेलको १८ औ मिनेटमा आर्मीका टिम क्याप्टेन भरत खवासले गोल गरेर आर्मीको खाता खोलेका थिए।

एरिक विष्टले कर्नरबाट प्रहार गरेको बललाई विकास तामाङले डिबक्समा मिलादिएपछि भरतले गोल गरे।

धरानका लागि खेलको ६३ औ मिनेटमा खेलको म्यान अफ दि म्याच बन्न सफल निशान लिम्बुले गोल गरे। ट्राइब्रेकरमा धरानका बिष्णु सुनार, सुरज विक, रोमन लिम्बु, बर्तमान राई र निशान लिम्बुले गोल गरे। त्यसै गरी आर्मीका लागि नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे।

सोमबारको खेल नेपाल पुलिस क्लब र थ्री स्टारबीच  हुने छ।

 

सम्बन्धित समाचार…

बंगलादेश आहा राराको सेमिफाइनलमा प्रवेश

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’