
म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा कार्डिफ सिटीमाथि २–० को जित निकाल्दै इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।
पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले दुवै गोल पहिलो हाफमा नै गरेको हो । आठौँ मिनेटमा केविन डी ब्राउनले गोल गर्दै भ्रमण टोलीलाई सुरुवाति अग्रता दिलाए । ३७ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । तर इन्जुरी समयमा बेनेट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कार्डिफ सिटी १० खेलाडीमा सीमित भयो ।