
देश सञ्चार
माघ १५, २०७४
अ
+
अ
अ
-
झापा – झापाको अर्जुनधारा–५ मा चिर्पटले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
सामान्य घरायसी विवादमा आइतबार चुलोमा रहेको अगुल्टोले हानेर ५५ वर्षका किशोर दनुवारले ५२ वर्षकी श्रीमती डोमनी दनुवारको हत्या गरेका हुन् ।
हत्यामा संलग्न किशोरलाई इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरेको छ । डोमनीको शव पोस्टमार्टमका लागि अञ्चल अस्पतालमा राखिएको झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

