
स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई फ्रि–किक गोलमा पछि पारेका छन् ।
लिग अन्तर्गत आइतबार राति भएको एलाभेससँगको खेलमा बार्सिलोनालार्य २–१ ले जिताउने क्रममा ८४ औँ मिनेटमा फ्रि–किक मार्फत गोल गरेका मेस्सी ला लिगामा फ्रि–किक मार्फत सीधै गोल गर्ने खेलाडी बनेका छन् ।
बार्सिलोना हारबाटा जोगियो, मेस्सीको निर्णायक गोल
रोनाल्डोले ला लिगामा २० पटक फ्रि–किक गोल गरेका छन् । मेस्सीले यो सिजन ला लिगामा २० औँ गोल गर्ने क्रममा ला लिगामा समग्रमा २१ औँ फ्रि–किक गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।