कैलाली भन्सारले उठायो लक्ष्य भन्दा २ करोड बढी राजश्‍व

कैलाली भन्सारले उठायो लक्ष्य भन्दा २ करोड बढी राजश्‍व
+
-

काठमाडौं-कैलाली भन्सार कार्यालयले चालू आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा करिब २ करोड रुपैयाँ बढी राजश्‍व संकलन गरेको छ।

छ महिनामा १ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ राजश्व सङ्कलन गर्न लक्ष्य दिइएकोमा कैलाली भन्सार कार्यालय १ अर्ब ८० करोड १४ लाख रुपैयाँ सङ्कलन गर्न सफल भएको हो।

कैलाली भन्सार कार्यालयका सूचना अधिकृत नारायण जोशी कैलाली भन्सार कार्यालयबाट हुने आयातमा वृद्धि हुँदा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सकिएको बताउँछन्।

जोशीले अन्तस शुल्क लाग्ने सामाग्रीहरुको आयातमा गिरावट आउँदा अन्तस् शुल्क अपेक्षा भन्दा निकै कम संकलन भएको जानकारी दिए।

६ महिनामा अन्तस् शुल्कको लक्ष्य २४ करोड ४१ लाख २६ हजार रुपैयाँ दिईएकोमा ५ करोड ६८ लाख ८३ हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ।

अन्त शुल्क लक्ष्य भन्दा न्यून सङ्कलन हुँदा भन्सार महसुल र मूल्य अभिबृद्धि कर भने लक्ष्य भन्दा बढी संकलन भएको छ।

भन्सार महसुलको लक्ष्य ८३ करोड ३४ लाख ८० हजार रुपैयाँ हुँदा ६ महिनामा ९२ करोड ३० लाख ३८ हजार रुपैयाँ संकलन भएको हो।

यस्तै ७० करोड ७१ लाख ७० हजार रुपैयाँ लक्ष्य दिइएको मूल्य अभिबृद्धि कर ८२ करोड १५ लाख १३ हजार रुपैयाँ संकलन भएको छ।

चालु आर्थिक बर्षमा कैलाली भन्सार कार्यालयलाई ३ अर्ब ८७ करोड ९९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको छ।

६ महिनाका लक्ष्यको ४६.४२ प्रतिशत राजश्‍व संकलन भई सकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?