किशोरको हत्यापछि उत्तरी भारतमा तनाव

किशोरको हत्यापछि उत्तरी भारतमा तनाव
+
-

एजेन्सी- दुईवटा समूहबीचको एउटा मुठभेडमा एकजना किशोरको ज्यान गएपछि उत्तरी भारतमा हिंसा फैलिएको छ। प्रहरीले हिंसा नियन्त्रणमा लिन १ सय १२ जनालाई पक्राउ गरेको छ।

उत्तर प्रदेश राज्यको काशगञ्जमा एउटा मोटरसाइकल र्‍यालीमा दुई धार्मिक समूहका समर्थकहरूले एक आपसमा ढुंगा प्रहार गरेको बीबीसीले जनाएको छ।

सप्ताहन्तमा हिंसा बढ्ने क्रममा पसल र सवारी साधनमाथि आगजनी गरिएको थियो।

उक्त हिंसालाई लिएर हिन्दु र मुसलमान समूहहरूले एक अर्कालाई दोषारोपण गरेका छन्।

भारतीय समाचार संस्था पीटीआइले एकजना प्रहरी अधिकारीलाई उद्धृत गर्दै अवस्था नियन्त्रणमा आएको उल्लेख गरेको छ। उसले थप निगरानी बढाइएको र भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

अधिकारीहरूले दुई पक्षबीचको ढुंगा हानाहानमा उक्त किशोरको निधन भएको जनाएका छन्।

झडपमा परी घाइते भएका एकजना मुसलमान किशोरको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ।

हिंसामा छोरा गुमाएका सुशील गुप्ताले भनेका छन्, ‘युवाहरूको एउटा समूहले भारत अमर रहोस् भनेर नारा लगाउँदै आयोजना गरेको र्‍यालीलाई मुसलमान बहुल क्षेत्रमा त्यस्तो नगर्न भनिएको थियो जसका कारण गोली र ढुंगा हानाहान भयो। मेरो छोराले त्यसक्रममा ज्यान गुमाए। मलाई न्याय चाहिएको छ।’

ती किशोरको निधनपछि मुसलमान क्षेत्रमा आक्रमण गरिएको स्थानीय बासिन्दाले बताएका छन्। थप हिंसा रोक्नलाई चारजना भन्दा बढी मानिसको भीड जम्मा हुन नपाउने नियम कार्यान्वयनमा ल्याइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?