धनगढी पुगेर प्रचण्डले भने, ‘पार्टी एकता र सरकार सँगसँगै’

धनगढी पुगेर प्रचण्डले भने, ‘पार्टी एकता र सरकार सँगसँगै’
+
-

धनगढी- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनको सरकार बनेपछि मुलुक विकासको पथमा लम्कने बताएका छन्।

कैलालीको पुरानो सदरमुकाम भजनीमा सोमबार भजनी महोत्सवको उद्घाटन गर्दै दाहालले विकासकै लागि नेपालमा बाम एकता हुन लागेको बताए।

‘जनताले विकास चाहेका छन्, हामीले विकास गर्छौ भनेर नै चुनावमा भोट मागेका हौ, अब वाम गठबन्धनको सरकारले जनताको चाहना पूरा गर्छ।’ दाहालले भने। उनले सरकार निमार्ण र पार्टी एकिकरणको काम संगसंगै अगाडी बढीरहेको बताए।

‘एमाले र माओवादीको एकिकरण छिट्टै हुन्छ त्यसका लागि आवश्यक तयारीहरु भईरहेका छन्, वामपन्थी सरकारका लागि धेरै समय लाग्‍नेवाला छैन, मुलुकको विकास गर्न सक्ने सरकार अब बन्‍नेवाला छ।’ प्रचण्डले भने ।

आयोजक भजनी उद्योग वाणिज्य संघले प्रचण्डलाई मोहना नदीको गुलरियाघाटमा पुल निमार्ण हुनुपर्ने, बाढी पीडितका समस्या समाधान हुनुपर्ने लगायतका १५ बुदे मागपत्र बुझाएका गरेका छन्।

मागपत्र बुझ्दै प्रचण्डले उक्त मागहरु पूरा गराउन आफूले आजैदेखि पहल सुरु गर्ने प्रतिबद्धता जनाएका थिए।

सम्बन्धित समाचारहरु…

आफ्नै टोलमा सम्मान थाप्दै प्रचण्डले भने, त्रिदेशीय साझेदारीको वातावरण बन्दै छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?