काठमाडौं-दुई सय ७५ सदस्यीय प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्र्रिय सभाले पूर्णता पाउँन अझ बाँकी नै छ।
तर दुवै सदनका सदस्यहरुलाई आतिथ्य प्रदान गर्दै आएको वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई पहिलो संघीय संसदको रुप दिन राज्यका निकायहरु युद्ध स्तरमा काम गरिहरेका छन्।
प्रतिनिधिसभामा निलो रंगका कुर्सीहरु निर्माण भइरहेका छन् भने राष्ट्रियसभाका लागि रातो रंगमा कुर्सीहरु।
संसद सचिवालयले मागे अनुरुपको सम्पूर्ण निर्माण र सिंगार्ने काममा अर्थ मन्त्रालयले ३ करोड ४८ लाख उपलब्ध गराइसकेको छ।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार