कास्की- पोखरामा जारी १६औ संस्करणो आहा रारा गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउदै रुस्लान थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ।
आहा गोल्ड कपको चार पटकको विजेता थ्रीस्टारले एपीएफलाई ट्राइ ब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेशका लागि विदेशी टोली उत्तर वरिन्धरा क्लब बंगलादेश सँग भिड्ने भएको छ।
आहाको संस्करणमा थ्रीस्टार पाँचौ, नवौ, एघारौ अ र १३ औं को आहा रारा गोल्डकपको विजेता हो।
१६ औ संस्करणमा थ्रीस्टारको पुनरागमन पछि पोखराको मैदानमा पहिलो पटकमै बिजयी सुरुवात गर्यो।
निर्धारित र थप समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । एपिएफका राजेन्द्र रावलको प्रहारलाई थ्रीस्टारका एलेन न्यौपानेले सेभ गरे भने उनीनै नै खेलको म्यान अफदी म्याच भए।
थ्रीस्टारका लागि रञ्जीत धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरेका थिए। एपिएफका लागि नविन लामा, अन्जन विष्ट र रञ्जन विष्टले गोल गरे।
मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लबबीच हुने आयोजकले साहारा क्लबले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































