गंगालालमा बाथ मुटुरोगको निःशुल्क उपचार लिनेहरु बढ्दै

गंगालालमा बाथ मुटुरोगको निःशुल्क उपचार लिनेहरु बढ्दै
+
-

काठमाडौं -सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले छोटो समयमै पाँच सय ९६ जना बाथ मुटुरोगीको सम्पूर्ण सल्यक्रिया निःशुल्करुपमा गरेको छ।

गत आर्थिक वर्ष २०७३÷७४ को फागुन महिनादेखि मुटुरोगीको निःशुल्क सल्यक्रिया गर्ने सरकारको योजना अनुसार केन्द्रले उक्त सेवा दिएको हो।

उक्त कार्यक्रम सञ्चालनका लागि सरकारले केन्द्रलाई चालु आर्थिक वर्षमा १५ करोड ९० लाख रुपैयाँ बजेट दिइएको थियो।

केन्द्रले सोही कार्यक्रम अन्तर्गत करिब ६ सय बाथ मुटु रोगीहरुको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको समेत घोषणा गरेको छ।

केन्द्रले गत आर्थिक वर्षमा २२ हजार ४४ जना विपन्न विरामीको उपचार गरेको जनाएको छ।

केन्द्रले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो।

९ शैयाबाट आफ्नो सेवा सुरु गरी दुई सय शैयाको क्षमतामा विस्तार भएको उक्त अस्पतालका निर्देशक डा ज्योतीन्द्र शर्माले केन्द्रबाट उपचारको क्षेत्रमा उपलब्धी हासिल भइरहेपनि एकेडेमिक प्रतिष्ठान नभएका कारणले देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा गिताभक्त जोशीले सात ओटै प्रदेशमा केन्द्रले आफ्नो शाखा विस्तार गर्नु पर्ने आवश्यकता रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?