ट्रम्पको आरोप पछि एफबिआई उपनिर्देशकले दिए राजीनामा

ट्रम्पको आरोप पछि एफबिआई उपनिर्देशकले दिए राजीनामा
+
-

अमेरिकाको संघीय जाँच आयोग (एफबिआई) उपनिर्देशक एन्ड्रयू म्याककाबेले राजीनामा दिएको छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक रुपमा पूर्वाग्रही भएको आरोप लागएको केही दिनपछि राजीनामा दिएका हुन् ।

म्याककाबेले आउँदो मार्च १८ मा औपचारिक रुपमा अवकास लिँदै थिए । तर त्यसअघि नै उनलाई राजीनामा दिन बाध्य पारिएको अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले कानुन कार्यान्वयन गर्ने उच्च निकाय एफबिआईबाट उनी बाहिर गएको देख्न चाहेको एकहप्ता भित्रै म्याककाबेले राजीनामा दिएका हुन् ।

उनलाई एफबिआईका निर्देशक क्रिष्टोफर वरेले राजीनामा दिन दबाब दिएको एफबिआईको आन्तरिक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ह्वाइट हाउसले भने म्याककाबेको राजीनामा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेको छ ।

राष्ट्रपति ट्रम्प राजीनामाको प्रक्रियामा कतै सहभागी नरहेको दाबी गरिएको छ । गएको मेमा ट्रम्पले जेम्स कोमीलाई बर्खास्त गरेपछि म्याककाबे एफबिहाइको निर्देशक बनेका थिए ।

एफबिआईले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा रुसी दखलको विषयमा अनुसन्धान गरिरहेको थियो, जसमा रुसले ट्रम्पलाई सघाएको आरोप छ । कोमीलाई बर्खास्त गरेपछि वरेलाई एफबिआईको निर्देशकको रुपमा ट्रम्पले नियुक्त गरे ।

तर म्याककाबे भएकाले रुसी संलग्नता सम्बन्धी छानबिन रोक्न मिलेन र ट्रम्पले उनीमाथि राजनीतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएर राजीनामा दिन बाध्य पारेको अमेरिकी सञ्चारमा माध्यमको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?